मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार ११:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोपालमानले छाडे सभापतिमा दाबी, देउवालाई समर्थन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार ११:०९:००

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा दाबी छाडेका छन्। १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएका नेता श्रेष्ठले अन्तिम समयमा आएर पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्ने उनीनिकट स्रोतले जनाएको छ।

'शेरबहादुर देउवाजीको समर्थनमा सभापतिको उम्मेदवार बन्ने उहाँको चाहाना थियो। अहिलेको आवश्यकतालाई हेरेर उहाँले पदाधिकारीमा अटाउने गरी सभापतिको दाबी छोड्नुभएको छ', स्रोतले भन्यो, 'टिमले जित्नुपर्छ भन्ने उहाँको मनसाय छ।'

कांग्रेसमा नेतृत्व र पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु भएको छ। स्रोतका अनुसार सभापतिमा देउवालाई समर्थन गरे पनि उपसभापतिमा भने श्रेष्ठको दाबी रहनेछ।