१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बन्दसत्रमा तीनवटा प्रतिवेदन पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३२:oo

कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ । उद्घाटन सत्र सकिएपछि राति ९ बजेदेखि सुरु बन्द सत्रले तीनवटा प्रतिवेदन पारित गरेको छ । पार्टी उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको हो । 

तीनवटै प्रतिबेदन पारित गरेर बन्दसत्र सकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । वरिष्ठ नेता पौडेल पक्ष सस्थापनइतरबाट सभापतिको साँझा उम्मेदवार तय गर्न छलफलमा जुटेकाले बन्दसत्रमा उपस्थित भएन । 

शुक्रबारै महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली पनि प्रकाशित भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क गरी कुल चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधि छन् ।

महाधिवेशनको समय तालिकाअनुसार शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता, साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ तथा साँझ ७ देखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन साँझ ९ बजेदेखि १२ बजेसम्म हुनेछ । आइतबार बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने दिउँसो १२:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । सबै पदाधिकारीका लागि मतदान सकिएपछि मतगणना सुरु हुनेछ । 

निर्वाचन समितिका अनुसार पहिलो चरणमा सभापतिमा ५१ प्रतिशत मत प्राप्त हुन नसकेर दोस्रो चरणको निर्वाचन गर्नु पर्ने अवस्था आए पहिलो चरणको मतगणनालगत्तै राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा पुनः मतदान हुनेछ । दोस्रो चरणको निर्वाचन सम्वन्धी थप कार्यक्रम मतदान स्थलमै जानकारी गराईनेछ । समितिले सभापति वाहेकका पदाधिकारी र सदस्यहरूको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने जानकारी दिएको छ । 

कांग्रेस निर्वाचन समितिले महाधिवेशनका उम्मेदवार र प्रतिनिधिका लागि आचारसंहिता यसअघि नै जारी गरिसकेको छ । समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउने लगाायतका प्रावधान सहितका आचारसंहिता जारी गरेको थियो । समिति संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहितामा उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण मात्र पाईने उल्लेख छ । त्यस्तै, व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न र शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार गर्न समितिले अनुरोध गरेको छ । 

ad
ad