१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुनै पनि क्रान्तिलाई दबाएर त्यसको सम्बोधन हुँदैन : अध्यक्ष ठाकुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि आन्दोलनलाई दबाएर त्यसलाई सम्बोधन गर्न नसकिने बताएका छन्।  काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा ठाकुरले थरुहट आन्दोलनका क्रममा जेल जान बाध्य पारिएको भन्दै यस्तो बताएका हुन्।

वर्तमान संविधानमा आफूहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै उनले थरुहट र मधेस आन्दोलनका क्रममा जेल परेकाहरूलाई रिहा गर्न माग गरे। ‘अहिले पनि हाम्रा साथीहरू जेलमा छन्, तारिखमा छन्। हाम्रा सांसद जो भारी मतले विजय प्राप्त गरेका छन्– रेशम चौधरी, उनी पनि टीकापुरको घटनामा जेलमा छन् र सर्वोच्चमा मुद्दा चलिरहेको छ,’  उनले भने, ‘महोत्तरीमा पनि त्यस्तै घटनामा सबैभन्दा बढी ९६ जनामा मुद्दा चलेको छ। तीनजना जेलमा छन्।’

केपी ओली प्रधानमन्त्री हुँदा १३९ जना मुक्त भएका उल्लेख गर्दै अध्यक्ष ठाकुरले ओलीलाई धन्यवाद दिए। टीकापुर घटनामा जेल जान बाध्य पारिएहरूलाई न्याय नदिए सडकबाट प्रतिकार गर्ने उनले चेतावनी दिए। ‘कुनै पनि आन्दोलनलाई, कुनै पनि क्रान्तिलाई दबाएर त्यसको सम्बोधन हुँदैन,’ उनले भने, ‘त्यसको सम्बोधन हुनुपर्छ। होइन भने ज्वालामुखी जस्तै विष्फोट हुन्छ। हामी सडकमा आउन बाध्य हुन्छौँ।’