१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभापतिको दाबीबाट पछि हट्दिनँ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३१:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्। बानेश्वरमा आज बिहीबार सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण गर्दै नेता सिंहले यस्तो बताएका हुन्।

पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरूप ट्रयाक समाउन नसकेको भन्दै सिंहले पार्टीलाई विधिअनुसार चलाउन र समावेशी रूपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेकाले सभापतिको दाबीबाट पछि नहट्ने प्रस्ट पारे।

पाटीलार्ई विधिसम्मत, नियमसम्मत र संस्थागत रूपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले नेपाली कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित गराउने एजेन्डाका साथ सभापति पदका लागि दाबी गरेको उनले बताए। कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन सन्त नेता भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसात् गर्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरे।

ad
ad