१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालको लोकतन्त्र सही दिशामा छ : भदोरिया

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५९:oo

भारतका समाजवादी अभियन्ता एवं बहुजन समाज पार्टीका केन्द्रिय प्रवक्ता सुधीन्द्र भदोरियाले नेपालको लोकतन्त्र सही दिशामा अघि बढेको उल्लेख गर्दै संविधान थप सुदृढ गर्न शीर्ष नेतालाई सुझाब दिएका छन् ।  कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन आउन लागेका नेता भदोरियाले नेपाल र भारतबीच हिमालयदेखि अरब सागरसम्म जीवन रेखाको सम्बन्ध रहेको भन्दै यसको महत्वलाई दुबै देशले बुझ्नुपर्नेमा पनि जोड दिएका छन् । 

‘दक्षिण एशियाका अन्य मुलुकहरुबीचको द्विपक्षीय सम्बन्धको तुलनामा नेपाल र भारतबीचको सम्बन्धको महत्व उच्च छ । सांस्कृतिकरुपमा त छँदैछौँ,  हिमालयदेखि अरबसागरसम्म हामी जोडिएका छौं । व्यापार, पर्यावरण, सामरिक सबै हिसाबले हाम्रो सम्बन्ध महत्वपूर्ण छ,’ नेपाल भारत सम्बन्धका जानकार भदोरियाले नयाँ पत्रिकासँग भने । 

उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाज पार्टीका शीर्ष नेता रहेका भदोरियाले ०६२/६३ मा नेपालमा प्रजातान्त्रिक आन्दोलनका बेला भारत सरकार र नेपाली राजनीतिक दलहरुबीच समन्वय गरेका थिए । भदोरियासहित तत्कालीन सांसद डीपी त्रिपाठी, भारतीय कम्युनिष्ट पार्टी मार्क्सबादीका महासचिव सीताराम यचुरी, कंग्रेसका नेताहरुसँग उनले नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउन भूमिका निर्वाह गरेका थिए । ०७२ सालको नाकाबन्दीका समयमा भदोरियासहितका नेताले भारत सरकारको विरोध गरेका थिए ।  

शीर्ष नेताहरु बिपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासँग उनको निकट सम्बन्ध थियो । ‘प्रधानमन्त्री शेरबाहदुर देउवाजीसँग मैले काम गरेको छु । त्यसो त प्रचण्डजी, माधव नेपालजी, केपी ओलीजी, बाबुराम भट्टराईजीसँग मेरो अटुट मित्रता छ । ओलीजी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री हुँदा मैले धेरैपटक नेपाल भारत सम्बन्धका सम्बन्धका कुराकानी गरेको छु, उहाँसँग सहकार्य गरेको छु,’ भदोरियाले भने, ‘लोकतन्त्रको लडाईँ नेपालले लडिरहँदा हामी पनि साथमा थियौँ । गिरिजाबाबु, प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालजीसँग हामीले सहकार्य गरेका हौँ । ’ 

कांग्रेस महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने क्रममा भदोरियाले दुई  देशका राजनीतिक दलबीच सम्बन्ध  र विश्वास अभिबृद्धि गर्न कोशिस गर्ने बताए । ‘नेपाली कांग्रेससँग हाम्रो विशेष सम्बन्ध पुरानो र विशेष छ अनि एक अर्कामा हामीबीच सम्मान  प्रेम छ । अन्यदलहरुसँग पनि हाम्रो हार्दिक सम्बन्ध छ,  थप बजबुत बनाउने केशिस गर्नेछु’ भदोरियाले भने ।  

भदोरियाले कोभिड १९ का कारण अर्थतन्त्रमा परेको संकटदेखि जलवायु परिवर्तनको संकटबाट भारत र नेपाल दुबै पीडित भएको भन्दै यी मुद्दामा दुई देश एकै ठाउँमा उभिनुपर्ने बताए । ‘हिमालमा हिउँ पग्लिएको छ । यसको भयानक  र दुरगामी प्रभाव नेपाल र भारत दुबैको जनजीवनमा हुनेवाला छ’ उनले भने, ‘हिमालयदेखि समुद्रसम्मका बिषयमा नेपाल र भारतले एउटै राय राख्नुपर्छ । ’

‘नेपालको संविधान उत्कृष्ट’
भदोरियाले नेपालको संविधान प्रगतिशिल रहेको बताए । ‘संविधान निर्माणका क्रममा नेपालले जनजाति, दलित, महिला सबैलाई उचित स्थान दिएको छ । दुनियाँको राम्रो सम्बिधान नेपालले दिएको छ’ उनले भने, ‘म दाबासाथ भन्छु भारतको राजनीतिक प्रणाली, कर्मचारीतन्त्र, राजनीतिक दलहरु नेपालको लोकतन्त्रबाट प्रभावित छन् । नेपाली जनता र लोकतन्त्रको स्वास्थ्य राम्रो होस्, लोकतन्त्र सुदृढ होस् भन्ने हामी सबै पक्षको चाहना छ ।’

उनले राजतन्त्रको समय भन्दा नेपाल राजनीतिक प्रक्रियाका हिसाबले उन्नत बाटोमा  अघि बढेको बताए । ‘हामीकहाँ पनि अंग्रेज हुँदा आर्थिक स्थिति राम्रो थिएन । बेलायतले भारतबाट खर्बौ रुपियाँ लिएर गयो । हामीमाथि उसको शोषण थियो । तर, स्वतन्त्रतासँगै प्राप्त गरेको लोकतन्त्रले हामीलाई यो ठाउँसम्म ल्याइपुर्‍याएको हो’ भदोरियाले थपे, ‘नेपालमा पनि गिरिजाबाबुको नेतृत्वमा भएको आन्दोलनले राजतन्त्रको शोषणबाट मुलुकलाई अघि बढाएको छ । पछिल्लो २० बर्ष नेपालले  लोकतन्त्रमार्फत् ठूलो राजनीतिक उपलब्धी हासिल गरेको छ । राजतन्त्र हटाएर नेपालले ठूलो तरक्की गरेको छ, राष्ट्र निर्माणमा यो ऐतिहासिक फड्को हो ।’ यद्यपि नेपालका दलहरुले राष्ट्रहितमा धेरै काम गर्न बाँकी रहेको उनको टिप्पणि छ । 

नेपालका राजनीतिक पार्टीलाई  संविधान र लोकतन्त्रलाई मजबुत बनाउन उनले सुझाब दिए । ‘कांग्रेस सभापति शेरबहादुर देउबाजीको यसमा नेतृत्वदायी भूमिका रहोस् भन्ने हामी चाहन्छौँ । ३५ बर्षदेखिमा मेरा मित्र देउवाजी यसमा सक्षम हुनुहुन्छ भन्ने मेरो विश्वास हो’ उनले भने । 

‘दुई देशका समस्या जटिल छैनन्’
नेता भदोरियाले नेपाल र भारतबीचका समस्याहरुलाई  ‘परिवारमा आउने सानातिना बिषय’ भनेका छन् । ‘हामीबीच सुल्झिन नसक्ने समस्या छैन । नेपाल र भारत दुबैले एकअर्कालाई कहिल्यै नराम्रो साेंचेका छैनन् । भारतका कुनै पनि दल वा सरकारले नेपालको अहित शोच्नै सक्दैनन्’ भदोरियाको जिकिर छ, ‘नेपालमा भारतको गम्भीर सुरक्षा चासो छ । विशेष गरि १९९९ मा काठमाडौंदेखि कान्दाहारसम्म  इन्डियन एयरलाइन्सको जहाज अपहरण भएदेखि भारत अलिकति चनाखो छ । तर, नेपाल सरकारले भारतको सुरक्षा चासोलाई हमेसा सम्बोधन गर्दै आएको छ ।’ उनले नेपाल र भारतबीच सुरक्षा र सीमा जोडिएका बिषयहरु भविश्यमा सकारात्मकरुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । 

अर्को सन्दर्भमा उनले भारतीय जनताले नेपाली जनतालाई हस्तक्षेप गर्ने परिकल्पना पनि गर्न नसकिने टिप्पणि गरे । ‘मानवअधिकार र लोकतन्त्रका सन्दर्भमा नेपालले सही बाटो लिएको छ । नेपालले अन्तराष्ट्रिय सम्बन्ध वा अन्य बिषयमा लिने निर्णयका सवालमा भारतमा कुनै पनि प्रकारको राय छैन’ उनले भने, ‘नेपाल र चीन वा नेपाल र अन्य मुलुकबीचको सम्बन्ध कसरी अघि बढाउने भन्ने नेपालको छनौट हो । हाम्रो ध्यान भारतको हित सुरक्षित कसरी सुरक्षित गर्ने भन्नेमा मात्रै छ ।’ यद्यपि भदोरियाले सुदृढ सम्बन्ध  दुबै देशको भविश्य र भूगोलको यथार्थ भएको पनि भन्न छुटाएनन् । 

दुई देशलाई महात्मा गौतब बुद्धले जोडेको पनि उनले बताए । ‘गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीले विश्वलाई सन्देश दिएको छ, हामी बुद्धबाट प्रभावित छौँ’ उनले भने, ‘संस्कृति, बिचारधारा, भावनामा हामीबीच गहिरो प्रभाव र अन्तरसम्बन्ध छ ।’ 

ad
ad