१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२२:oo

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । महावाणिज्य दूतावासमा मंगलबार चाइना एसोसिएसन अफ ट्रेडका पदाधिकारीसँग भेटवार्ता गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् । 

भेटमा नेपालमा लगानी गरेका तथा लगानी गर्ने सोचमा रहेका व्यवसायीहरूको उपस्थिति रहेको थियो । नेपालमा लगानीको अवसरका विषयमा भएको छलफलमा चिनियाँ पक्षले लगानीका क्षेत्रका बारेमा चासो राखेका थिए । महावाणिज्यदूत ढकालले नेपालमा लगानीका क्षेत्र, सम्भावना र अवसरका बारेमा जानकारी गराएका थिए । नेपालमा लगानी गरिरहेकालाई लगानी बढाउन र लगानी गर्ने सोचमा रहेकालाई लगानी गर्न आग्रह गरेको उनले बताए । 

‘नेपालमा लगानी सहजीकरणका लागि महावाणिज्यदूत सदैव तयार रहेको र सहजीकरणका लागि मैले प्रतिबद्धता व्यक्त गरेँ,’ उनले भने, ‘चिनियाँ पक्षले नेपालमा लगानी बढाउन चासो देखाएका छन्, छिट्टै नेपालमा आउनेसमेत बताएका छन् ।’

ad
ad