१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २४ सोमबार १९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त अग्रवाल धरौटीमा रिहा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:o९:oo

चर्चित साढे ३३ किलो सुन तस्करी मुद्दाका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाडेको छ। फरार रहेका अभियुक्त्त अग्रवाललाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार २ लाख रुपैयाँ धरौटीमा छाडेको हो।   

सुटुक्क अदालतमा हाजिर भएका अभियुक्त्त अग्रवाल अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर मुद्दा पुर्पक्ष गर्ने गरी रिहा भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। साढे ३३ किलो सुन तस्करी प्रकरणमा लगानीकर्ता अग्रवाल नै भएको छानबिन टोलीको अनुसन्धान प्रतिवेदनले दाबी गरेको थियो। चर्चित ३८  क्विन्टल सुन तस्करी अभियोगको मुद्दामा अदालतमा हाजिर भएका ५६ जना अभियुक्त सबैले पहिले नै सफाइ पाइसकेका छन्। 

साढे तीन वर्षदेखि विचाधाराधीन उक्त्त मुद्दामा १९ असोजमा मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा दश दिन निरन्तर बहसपछि अन्तिम फैसला गर्दै अदालतमा हाजिर भएका ५६ जना अभियुक्त सबैलाई संगठित सुन तस्करी अभियोगमा सफाइ दिएको थियो। 

भन्सार ऐन २०६४ को दफा ५२ को उपदफा १ च अनुसार सुन बरामद नभएकोले अदालतमा हाजिर भएका ५६ जना सबै अभियुक्तले ३८ क्विन्टिल संगठित सुन तस्करी अभियोगबाट सफाइ पाएका थिए। अभियोग लगाइएका ७७ मध्ये ६ जना अभियुक्त्तलाई सनम शाक्य हत्या आरोपमा जन्मकैद एकजनालाई ३ वर्ष र अर्का एकजनालाई ६ महिना सजाय भएको छ। 

पुरानो मुलुकी ऐनअनुसार बढीमा २० वर्ष जन्मकैद सजाय पाउनेहरूमा  मुख्य योजनाकार भनिएका मोरङ उर्लाबारी नगरपालिका– ७ का गोरे भन्ने चूडामणि उप्रेती, काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका– १२ का  टेकराज मल्ल ठकुरी, झापा मेचीनगर नगरपालिका  १३ लाक्पा शेर्पा, मोरङको उर्लाबारी नगरपालिका – ४ का मोहन काफ्ले, मोरङ उर्लाबारी नगरपालिका– ७ का कृष्ण भन्ने नरेन्द्र कार्की, झापा गौरादह नगरपालिका– ८ का भोजे मामा भन्ने भोजराज भण्डारी छन्। 

पुरानो मुलुकी ऐनको दफा १७ को उपदफा ३ अनुसार काठमाडौं महानगरपालिकाका राजनकुमारलाई ३ वर्ष र मोरङको उर्लाबारी नगरपालिका– २ का माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना मात्र सजाय भएको छ। 

जम्मा ७७ जना अभियुक्तमध्ये २० जना अझै फरार छन्। आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,मानव अपहरण शरीर बन्धक र कर्तव्य ज्यान अभियोगको उक्त्त मुद्दा पहिलोपटक १९ वैशाख २०७५ मा  ६३  जनाविरुद्ध  मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो। त्यसपछि ३० वैशाख  २०७५ , २० असार २०७५ र ७ भदौ २०७५ मा थप अभियुक्त्तविरुद्ध अभियोग दर्ता भएको थियो। मुख्य अभियुक्त्त चूडामणिको हकमा अपहरण तथा शरीर बन्धक कसुरमा थप १० वर्ष सजाय कायम भइसकेको छ।  

संगठित सुन तस्करी आरोपमा ९ जना प्रहरीहरू पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सज्यबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल अनि प्रहरी हवल्दार विष्णुबहादुर खड्का र अम्बरबहादुर थापा सबैले आरोपबाट सफाइ पाएका थिए। अझै फरार रहेका २१ जना अभियुक्तको मुद्दा मुल्तबीमा छ। उनीहरू दुई वर्षभित्र अदालतमा हाजिर भए सुनवाइपछि फैसला हुने तर हाजिर नभएमा उनीहरू दोषी ठहरिनेछन्।    

ad
ad