१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

गुल्मीको चन्द्रकोट इलाका प्रहरी कार्यालय आफ्नै भवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:५२:oo

गुल्मीको चन्द्रकोट इलाका प्रहरी कार्यालयको आफ्नै भवन निर्माण भएको छ । सोमबार चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा निर्माण गरिएको भवनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले उद्घाटन गरे । भवन उद्घाटन गर्दै शर्माले नयाँ भवनले स्वभाविक रुपमा प्रहरीको कार्यसम्पादनमा सहजता हुने बताए । अझै पनि नागरिकको सुरक्षा गर्ने प्रहरी जिर्ण भवनहरुमा जोखिम मोलेर बस्ने अवस्थाको अन्त्यको लागि प्रदेश सरकारले काम गरिरहेको शर्माले बताए ।

प्रदेश सरकारको दुई करोड ८२ लाख २४ हजार पाँच सय ६७ रुपैयाँको लागतमा भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षण गोपालचन्द्र भट्टराईले जानकारी दिए । आधुनिक भवन निर्माणको लागि तुल्सी/भक्त अर्जुन बिल्डर्स ललितपुरले ०७७ साल असार २७ गते सम्झौता गरेर ०७८ असारमा काम सम्पन्न गरेको थियो । जिल्लामा चार इलाका प्रहरी कार्यालय रहेका छन् । 

चन्द्रकोट इलाका प्रहरी कार्यालयसँगै रिडी, जुहाङ र पुर्कोटदहको आफ्नै भवन बनेको प्रहरी उपरिक्षक भट्टराईले बताए । चन्द्रकोट इलाका प्रहरी कार्यालय लामो समयदेखि स्थानीय व्यक्तिको कच्चि जिर्ण घरमा बस्दै आएको थियो । आधुनिक भवन निर्माण भएपछि प्रहरीसँगै स्थानीय खुसी भएका छन् । 

चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका कमल खत्रीले इलाका प्रहरी कार्यालयले विगतमा निकै बिडम्बनापूर्ण रुपमा जिर्ण घरबाट कार्यसम्पादन गरेको बताए । ‘इलाका प्रहरी कार्यालय भन्न लाजमर्दो स्थिती थियो । बस्न र कार्यसम्पादनका झन कस्तो अवस्था रह्यो होला,’उनले भने,‘भवन बन्यो प्रहरी र नागरिक ढुक्क छौ । जिल्ला प्रहरी कार्यालयका अनुसार अझै एक दर्जन बढि प्रहरीचौकी स्थानीय सार्वजनिक संस्था र व्यक्तिका जिर्ण घरहरुमा छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय समेत भाडामा बस्दै आएको छ । 
 

ad
ad