Skip This
प्रस्तावित तीन देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २० सोमबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रस्तावित तीन देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार १७:३५:oo

सरकारले भारत, अमेरिका र बेलायतका लागि सिफारिस गरेका तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा भएको सुनुवाइपछि भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम समितिले अनुमोदन गरेको हो। संसदीय समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ।

भारतका लागि सिफारिस शर्मा विगतमा अमेरिकाका लागि राजदूत थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत भइसकेका अर्थशास्त्री हुन्। बेलायतका लागि सिफारिस भएका आचार्य पूर्वपरराष्ट्रसचिव हुन्। उनी संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधिसमेत हुन्। आचार्य अति कम विकसित मुलुक हेर्ने गरी संयुक्त राष्ट्रसंघका उपमहासचिवसमेत भएका थिए। 

त्यस्तै, अमेरिकाका लागि सिफारिस खत्रीसँग अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापन तथा शोधको लामो अनुभव छ। उनी ०७३ मा कांग्रेस–माओवादी गठबन्धन सरकारद्वारा गठित विदेश नीति पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको संयोजक थिए। २३ मुलुकमा राजदूत रिक्त रहेकोमा अझै २० देशमा सिफारिस गरिएका छैनन्। 
 
 

ad
ad
ad
ad