Skip This
कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o६:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४१:oo

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । योजनाको भुक्तानीका विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायाले प्रमुख प्रशासकीय अधिकृत धितालमाथि आक्रमण तथा हातपात गरी दर्व्यवहार गरेको तातोपानीका कर्मचारीद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले योजनाको प्रक्रिया नपुगेको भुक्तानी माग्न खोज्दा सो विषयमा विवाद उत्पन्न गरी प्रमुख प्रशासकीय अधिकृत धितालमाथि आक्रमण गरी हातपात गरेको र उपाध्यक्ष स्वयं आफुले म हाल कार्यबाहक अध्यक्ष हुँ । मैले भने, आजैका मितिदेखि कार्यालयमा उपस्थित नहुन भनी दिएको धम्कीको प्रति सम्पुर्ण कर्मचारीहरु घोर भत्र्सना गर्दछौ ।’

साथै कर्मचारीलाई सहज ढंगबाट काम गर्ने वातावरण नभएकाले आउँदो आइतबारदेखि उक्त विषयमाथि छलफल भएर निकास नआएसम्म गाउँपालिकाका सबै कामकाज ठप्प गर्ने समेत चेतावनी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत धितालले आफुमाथि उपाध्यक्ष गंगादेखि उपाध्याय र उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले हातपात गर्न खाजेको तर कर्मचारी साथीले बचाएको बताए । उनले भने, ‘कोल्डस्टोरको जग्गा सहकारीका नाममा नभएसम्म भुक्तानी दिन मिल्दैन् । अहिले मन्जुरीनामा मात्रै छ । प्रक्रिया नपुगेकै कारण भुक्तानी गरेर पनि खाता रोक्का गरिएको हो । मलेपा, आलेपले पनि जग्गा सहकारीका नाममा नभएसम्म भुक्तानी नदिन भनेको छ । प्रक्रिया मिलाउने भन्दा दादागिरी देखाएर उपाध्यक्ष र उनका श्रीमानले दुर्व्यवहार गरेका हुन् ।’ 

घुस नदिँदा भुक्तानी रोकियो 
यता उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले भने, प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको दाबी गरेका छन् । खाता फुकुवा गर्ने विषयमा विवाद र भनाभन भएको तर हातपात भने नभएको उपाध्यायको भनाई छ ।‘काम सम्पन्न भएर सबै प्रक्रिया पुरा गरी भुक्तानी लिनुपर्ने नौ लाख ५० हजार रुपैयाँ खातामा आएको तर, खाता रोक्का भएकोले फुकुवा गरिदिन अनुरोध गरेका थियौँ । लक्ष्मीप्रसाद उपाध्यायले भने, ‘तर हाकिमले मेरो बैंक खाता किन रोक्का भयो, फुकुवा नहुनुका कारण के हो निवेदन चाहियो अदालत जान्छु भन्दा पनि निवेदन दिन आलटाल गरे । पछि निवेदनमा काम नभएको, प्रक्रिया नपुगेको भनेर लेखेपछि त्यहि मैले निवेदन च्यातेको हुँ ।’

अन्य सोही प्रकृतिका योजना भुक्तानी भइसकेको तर कृषि उत्पादन सामुहिक स्याउ बगैचा, सामान सामग्री व्यवस्थापन कोल्डस्टोर निर्माण योजनाको भुक्तानीमा भने आलटाल गरेको देखिन्छ।प्रमुख प्रशासकीय अधिकृतले घुस मागेको तर नदिएकै कारण मेरो भुक्तानीमा ढिलासुस्ती गरेको लक्ष्मीप्रसाद उपाध्यायको आरोप छ । निश्चित केहि व्यक्तिको इसारामा चलेर भुक्तानी नगरेको समेत उनले आरोप लगाए । तर यता प्रमुख प्रशासकीय अधिकृत धितालले घुस मागेको भन्ने कुरा झुट्टा आरोप मात्र भएको दाबी गरे ।

अहिलेसम्म घुस मागेको कुनै प्रमाण भए देखाउन समेत उनले उपाध्यायलाई चुनौती दिएका दिए । प्रक्रिया नमिलाएर ल्याएका काम गर्न नमान्दा विभिन्न आरोप लगाएको समेत धितालको भनाई छ । उपाध्यक्ष गंगादेवी उपाध्यायले पनि हातपात गर्न खाजेको र गैरजिम्मेवारी रुपमा बोलेको समेत धितालले बताए ।