मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १६ बिहीबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीको प्रदेश सम्मेलन देशभर एकैदिन उद्‍घाटन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार १८:२७:oo

नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश सम्मेलन एकैदिन गर्ने भएको छ। मंसिर २५ गते एकैदिन प्रदेश सम्मेलन गर्ने र अध्यक्ष प्रचण्डले भर्चुअल उद्‍घाटन गर्ने प्रवक्ता कृष्णबहादुर महराले बताए। स्थायी समिति बैठकले वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भए पनि आज, भोलि नै सबै सकिने र पालिका अधिवेशनहरू पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको महराले बताए।

प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए। बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ।