१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १६ बिहीबार o९:o८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नार्कोननले सुरु गर्‍यो ‘बिरामीको साथी’ हेल्प डेस्क 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार o९:o८:oo

आफूले चाहेको चिकित्सक र अस्पतालको सम्पर्कमा पुग्न नसक्ने नागरिकका लागि लक्षित गरेर सेन्टर फर मेडिकल सपोर्ट नामक संस्थाले ‘बिरामीको साथी’ नामक हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । हेल्प डेस्कको पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले बुधबार उद्घाटन गरेका हुन् ।

बिरामीहरूलाई चौबिसै घन्टा सही सल्लाह सुझाव दिन तथा बिरामीले चाहेको चिकित्सक मिलाउनेदेखि कुरुवा उपलब्ध गराउनेसम्मको सेवा यो संस्थाले गर्नेछ । बुढानीलकण्ठमा रहेको हेल्प डेस्कले देशैभरिका नागरिकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सक र अस्पताल मिलाउनेछ । नार्कोनन नेपालका सञ्चालक वसन्त कुँवरले भारतका केही अस्पतालमा बिरामी पठाउने विषयमा सहमति भइरहेको बताए ।

‘हामीले भारतका केही अस्पतालमा नेपालबाट बिरामी पठाउने विषयमा सहमति गरेका छौँ,’ उनले भने, ‘नेपालका अस्पतालमा पनि छलफल सुरु भएको छ ।’ सिइओ शिवप्रसाद शर्मा पौडेलले आफ्नो संस्थाले स्वास्थ्यसम्बन्धी परामर्श दिने, विभिन्न रोगसँग सम्बन्धित चिकित्सक, डाइग्नोस्टिक सेन्टर तथा अस्पतालको जानकारी गराउने बताए ।