१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

यात्रा प्रतिबन्ध मात्र समाधान होइन : डब्लुएचओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने भन्दै डब्लुएचओले यसअघि पनि चेतावनी दिँदै आएको छ।

तर, यो भेरियन्ट अफ्रिकामा देखिएको भनेपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशहरूले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन्। डब्लुएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरू अपनाउन बताउँदै आएको छ।

डब्लुएचओका निर्देशक टेड्रोस आधनाम गेब्राएससले यो नयाँ प्रजातिबाट बच्नका लागि पनि विश्वका देशहरूलाई स्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गरेका हुन्। उनले गरिब देशहरूमा खोपको व्यवस्था गर्न, सबै नागरिकमा खोप सर्वसुलभ बनाउन पनि माग गरे। यो नयाँ भेरियन्ट यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणहरूले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए।

उक्त भेरियन्ट पत्ता लागेकोबारेमा तत्कालै सार्वजनिक गरिएको भनेर डब्लुएचओका निर्देशक गेब्रिएससले दक्षिण अफ्रिकाको प्रशंसा गरेका थिए। उनको भनाइ थियो कि, ‘नयाँ भेरियन्ट पत्ता लागेको कुरा समयमै दक्षिण अफ्रिकाले खबर गर्‍याे, समयमै भन्यो, तर उसलाई सहयोग गर्ने, धन्यवाद दिने काम गर्नुको सट्टा उसैलाई दण्डित गरेर यात्रा प्रतिबन्ध लगाइएको छ, यो राम्रो भएन।’ रासस/सिन्ह्वा