१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारसम्बन्धी घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको छ। उक्त घटना ओक्ल्यान्ड काउन्टीअन्तर्गत मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा स्थानीय समयअनुसार मंगलबार भएको हो।

विद्यालयका एक १५ वर्षीय विद्यार्थीले गरेको गोली प्रहारबाट तीन किशोरावस्थाका विद्यार्थीको मृत्यु भएको र अन्य आठजना घाइते भएका छन्। गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना वेलावेलामा भइरहने गरेको अधिकारीहरूले जनाएका छन्। घाइते भएकामध्ये एकजना शिक्षक रहेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने दुईजनाको शल्यक्रिया गरिएको चिकित्सकहरूले जानकारी दिएका छन्। त्यसैगरी, मृत्यु भएका तीनजनामध्ये दुईजना छात्रा रहेका छन् भने एकजना छात्र रहेका छन्। रासस/एएफपी