मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने गुरागाईंको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष तथा कांग्रेस युवा नेता प्रमोदहरि गुरागाईंले १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। गुरागाईंले आज उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यसमेत रहेका उनले राजनीतिक अनुभवलाई उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्। गुरागाईंले नेविसंघको क्षेत्रीय नेतृत्व तथा तीनपटक केन्द्रीय समिति सदस्य र एकपटक उपाध्यक्ष गरी चार कार्यकाल बिताएका थिए। गुरागाईं संस्थापनइतर समूहनिकट मानिन्छन्।