मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १४ मंगलबार २१:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्कीमा बस दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार २१:३०:००

भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस कास्कीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लु १ ख ७७६६ नम्वरको बस पोखरा–बाग्लुङ सडक खण्ड अन्र्तगत कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ पाउदुर घुम्तीको सडकबाट करिब ३० मिटर तल खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

दुर्घटनामा परी चालक पाल्पा घर भएका अन्दाजी ४५ वर्षका भूपेन्द्र भनिने भूपनाथ खनालको मृत्यु भएको हो । बसले च्यापिएको अवस्थाबाट उनको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा परी अन्य आठजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको अवस्था मध्यम र दुईको अवस्था सामान्य रहेको छ । बसमा १६ यात्रु थिए ।