१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १४ मंगलबार २o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले तीनमहिने ‘एकीकरण अभियान’ थाल्ने, ओली भन्छन्– अनुशासन उल्लंघन मान्य हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार २o:o५:oo

एमाले अध्यक्ष केपी ओलीले तीन महिना एकीकरणको अभियान सञ्चालन गर्ने बताएका छन् । चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोस्रोपटक निर्वाचित ओलीले  मंगलबार महाधिवेशन समापन गर्दै पार्टी एकता नभएर कार्यकर्ता प्रवेश गराउने अभियान थाल्ने स्पष्ट पारे । 

ओलीले भने ‘हामी तीन महिनासम्म अब एकीकरणको अभियान सञ्चालन गर्नेछौँ । कार्यकर्ताा एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको अभियान गरिनेछ । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउनुपर्छ ।’

ओलीले अहंकारी व्यक्ति नेता बन्न नसक्ने पनि बताए । ओलीले भने ‘अहंकार र नेता मिल्ने कुरा होइनन् । नेतामा अहंकार हुँदैन, अहंकारी नेता बन्न सक्दैन ।’

विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा ओलीले जोड दिए । विभिन्न अभियान सञ्चालन गरेर एमाले जनतामा जाने ओलीले बताए । 

स्थायी कमिटी, पोलिटब्युरो बैठक गठन र कार्ययोजना छिट्टै तय गर्ने उनले बताए । २५ र २६ मंसिरमा केन्द्रीय कमिटीको बैठक बस्ने पनिओलीले बताए ।

पार्टीमा अनुशासन उल्लंघन हुन लागेको अवस्थामा सचेत गराउन दृढताका साथ अघि बढ्न ओलीले अनुशासन आयोगलाई आग्रह गरे । जोसुकै भए पनि अनुशासन उल्लंघन मान्य नहुने ओलीले बताए।