१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निशुलाई मिस ग्रान्ड नेपाल २०२१ को ताज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३९:oo

मिस ग्रान्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निशुकुमारी साहले जितेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा साहसहित पाँच सुन्दरीले ताज लगाएका छन् ।

प्रतियोगिताको जुरी प्यानलमा फोटोग्राफर राजभाइ सुवाल, पत्रकार जयनसुवा मानन्धर, संगीतकार सरोज प्याकुरेल, मोडल दीपक घिमिरे र सगरमाथा चढ्ने रासस पत्रकार रोस्ना बस्नेत थिए । 

मिस ग्रान्ड नेपाल २०२१ का सबै बिजेताहरूले  नगद ५०– ५० हजारको साथै,  कम्पनी गुडविल एम्बेस्डर र  ५० हजारबराबरको सुनको थान्का, गिफ्ट ह्याम्पर  र पाँचै विजेताले इन्टरनेसनल प्रतियोगिता २०२१ मा नेपालको झन्डा फहराउँदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गरेको आयोजकले जनाएको छ । 

मिस ग्रान्ड नेपाल २०२१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर  रोजिन शाक्यको कोरियोग्राफी, रोजिना सुवालको मेकअप, हृदेश अर्यालको फोटोग्राफी, राम श्रेष्ठको भिडियोग्राफी रहेको थियो ।

ताज लगाउने पाँच सुन्दरी
मिस ग्रान्ड नेपाल - सिरहाकी  निशुकुमारी शाह
मिस  टुरिजम नेपाल- काठमाडौंकी सुर्जिना श्रेष्ठ
मिस ल्यान्डस्केपस नेपाल- हेटौँडाकी मनीषा छिनाल
मिस स्कुवा नेपाल- झापाकी बबिता आचार्य
मिस मल्टिनेसनल- कास्कीकी प्रमिला विश्वकर्मा

अन्य विजेता 
मिस इनोसेन्ट– यशोदा रेग्मी 
मिस एक्टिभ्स – ममता बुढा क्षेत्री
मिस स्पोन्टेनियस– मनीषा छिनाल 
मिस बेस्ट फिगर– ममता मल्ल  
मिस पर्सनालिटी– वर्षा राणा 
मिस फोटोजेनिक– सपना कार्की 
मिस बेस्ट वाक– प्रमिला विश्वकर्मा 
मिस मल्टिमिडिया– बबिता आचार्य 
मिस बेस्ट स्पिच– सोनाली सापकोटा