१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७८ मङ्सिर १४ मंगलबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १७:o६:oo

चितवनको नारायणगढबाट रामेछापतर्फ आउँदै गरेको प्रदेश २–०३–००६ ख ४७६२ नम्बरको ट्रक मंगलबार दुर्घटना हुँदा ट्रकचालकको ज्यान गएको छ। दुर्घटनामा परी भरतपुर महानगरपालिका– ८ चितवनका २८ वर्षीय सूर्यबहादुरको ज्यान गएको हो।

भाटको घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुलीको खुर्कोटस्थित अस्पताल लैजाने क्रममा बीचबटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए। उनका अनुसार ट्रकमा चालक र सहचालक गरी दुईजना सवार थिए। सहचालक भने हामफालेर बच्न सफल भएका बताइएको छ। 

ट्रक मन्थली नगरपालिका– ६ भलुवाजोरको मसानटारस्थित सडकमा अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल तामाकोसी नदीछेउमा खसेको बताइएको छ।