मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १४ मंगलबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने राणाको  घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १६:५६:oo

नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। राणाले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेपाल तरुण दलका पूर्वअध्यक्ष राणाले पार्टी सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवारी घोषणा गरेका हुन्। घोषणा कार्यक्रममा  उनले आफूले फुलटाइम राजनीति गरिरहेको भन्दै नेतृत्वमा स्वाभाविक दाबेदारी रहने बताए। ‘म फुलटाइम राजनीति गरिरहेको छु। केही न केही जिम्मेवारी पाएँ भने योगदान गर्न सक्छु भन्ने लागेको छ,’ उनले भने।

उनले आफू जिम्मेवारीमा आएको अवस्थामा अर्थ र परराष्ट्र मामलामा सुधार गर्ने, क्रियाशील सदस्यता वितरणलाई नियमित बनाउने र कांग्रेसमा रहेको गुटबन्दी अन्त्य गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।