निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २८ शनिबार
  • Saturday, 13 August, 2022
२०७८ मङ्सिर १४ मंगलबार १६:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : सचिवमा आचार्य र कार्की पराजित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार १६:१७:००

नेकपा एमालेको दशौँ महाधिवेशनमा सचिवमा भएको निर्वाचनको मतपरिणाम आएको छ। सात पदमा भएको निर्वाचनमा नाैजना उम्मेदवार रहेका थिए। परिणामअनुसार गोकर्ण विष्टले १ हजार ९ सय ७४, योगेश भट्टराईले एक हजार ९ सय ६०, पद्मा अर्यालले एक हजार ७ सय ९९ र छविलाल विश्वकर्माले  १८ सय ३ , टोपबहादुर रायमाझीले एक हजार ८ सय ४, रघुवीर महासेठले एक हजार ५ सय र लेखराज भट्टले एक हजार ७ सय ४ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन्। भीम आचार्यले ७ सय ८८  र टंक कार्कीले पाँच सय ५९ प्राप्त गरेका छन्। निर्वाचन आयोगले आधिकारिक रूपमा मतपरिणाम भने सार्वजनिक गरिसकेको छैन।