१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने गंगा सुनारको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

कांग्रेसको १४औँ महाधिवेशनमा काठमाडौंकी नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन्। उनले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिइन्।

‘पार्टीमा दलित महिलाहरूको प्रतिनिधित्व हुने व्यवस्था छ। मैले लामो समयदेखि दलित समुदायको हक, हित र सशक्तीकरणका लागि काम गर्दै आएकी छु। पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु।’

बुढानीलकण्ठ नगरपालिका– ७ की ३७ वर्षे सुनारले समाजशास्त्र र राजनीति शास्त्रमा स्नातक गरेकी छिन्। काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौं क्षेत्र नं. ५ बाट दोस्रोपटक महाधिवेशन प्रतिनिधि चुनिएकी छिन्। काठमाडौं दलित संघकी अध्यक्षसमेत रहेकी उनले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको उल्लेख गर्दै उम्मेदवारी घोषणा गरेकी हुन्।