१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ मङ्सिर १४ मंगलबार ११:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सिन्धुपाल्चोकमा देउवा पक्ष बलियो

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ मङ्सिर १४ मंगलबार ११:०४:००

वडा अधिवेशनदेखि नै विवादमा फसेको सिन्धु कांग्रेसले प्रदेश, संघीय क्षेत्र र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचन सम्पन्न गरेको छ। निर्वाचित महाधिवेशन प्रतिनिधि र पदाधिकारीलाई नियाल्दा देउवा (संस्थापन) पक्ष बलियो देखिएको छ।

चार प्रदेश क्षेत्रमा देउवा पक्षले तीन क्षेत्रीय सभापतिसहित प्यानलै जितेको छ। संघीय क्षेत्र १ को ‘क’ मा आङदाेर्जे शेर्पा, ‘ख’ मा सगुन श्रेष्ठ र क्षेत्र नं. २ को ‘क’ मा केशवराज गिरीको प्यानल निर्वाचित भएको हो। वरिष्ठ नेता पौडेल पक्षबाट संघीय क्षेत्र नं. २ को ‘ख’ मा जितबहादुर तामाङले जित निकालेका छन्। संघीय क्षेत्रमा दुवै पक्षले एक–एकवटा जितेका छन्। क्षेत्र नं. १ मा देउवा पक्षका बालकृष्ण बस्नेतको प्यानल र २ मा पौडेल पक्षका आइतमान तामाङको प्यानल निर्वाचित भएको हो।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि देउवा पक्ष बलियो देखिएको छ। १० मंसिरमा भएको निर्वाचनको अन्तिम मतपरिणाम १३ गते सार्वजनिक भएको छ। दुवै क्षेत्रमा २५–२५ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। संघीय क्षेत्रको सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानअनुसार सिन्धुपाल्चोकबाट ५२ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। ५२ मध्ये ३५ जना देउवा पक्षका मानिन्छन्। १ नं. संघीय क्षेत्रमा पौडेल पक्ष नील भएको देउवापक्षीय महाधिवेशन प्रतिनिधि युधीर पौडेलको दाबी छ।

१ नं. संघीय क्षेत्रबाट निर्वाचित हुनेमा केन्द्रीय सदस्यसमेत रहेका पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, हरिशरण श्रेष्ठ, विष्णुबहादुर खत्री, डा. प्रेमध्वज लामा, भोला बोहाेरा, रामकुमार थापा, श्रवणकुमार जिसी, पासाङ नोर्बु शेर्पा, रामबहादुर लामा, जंगबहादुर लामा, युधीर पौडेल, टपिन्द्र दर्नाल, हिमालकुमार श्रेष्ठ, प्रेम लामा, दोर्जे शेर्पा, ङिमाजङ्बो शेर्पा, राजेन्द्र श्रेष्ठ, गीता नेपाल, लीलाकुमारी नेपाल, मसिना खड्का, शर्मिला खड्का घिमिरे, कविता गुरुङ, लक्ष्मीदेवी श्रेष्ठ, मीठुमाया लामा र  गेल्मु बुढाथोकी शेर्पा रहेका छन्। देउवापक्षीय प्यानलमा नाम नपर्दा पनि नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे शेर्पाले चुनाव जिते। उनी केन्द्रमा देउवा पक्षकै हुन्। जिल्लामा मोहनबहादुर बस्नेतसँग विवाद रहेकाले उनी प्यानलमा परेका थिएनन्।

त्यसैगरी २ नं. संघीय क्षेत्रबाट निर्वाचित हुनेमा जिमी लामा, निमा ग्याल्जेन शेर्पा, निमा लामा, विकास तामाङ, विकास लामा, बिलबहादुर तामाङ, वंशलाल तामाङ, भरत खड्का, राजेन्द्रबहादुर गोर्खाली, सागरकुमार श्रेष्ठ, करिना पुरी, गंगा चापागाईं, जमुना मोक्तान तामाङ, लक्ष्मी सुनार, उद्धव बानियाँ, वासुदेव अधिकारी, गोपिनी गिरी, कालिका गोले, प्रकाश गुरुङ, श्री लामा, शिव सुनार, शिवहरि नेपाल, रेणुका श्रेष्ठ, सानुमैया हिमालय र सविता गुरुङ छन्।