
एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि ढिलागरी बिहान ४ बजेदेखि मात्रै मतदान सुरु भएको छ। मतदान राति २ बजेपछि सुरु हुने भनिए पनि ढिलागरी मतदान भएको हो।
निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची १० बजे नै प्रकाशन गरेको थियो। राति २ बजे मतदानको तयारीका साथ अन्तिम नामावली विद्युतीय भोटिङ मेसिन (इभिएम)को प्रणालीमा अपडेट गरिएको थियो।
अध्यक्षका उम्मेदवार केपी ओली, भीम रालवलगायतका नेताहरूले सुरुवातमा मतदान गरेका थिए । अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन्। सचिवमा सातजनाको पदमा नौजनाको उम्मेदवारी परेको छ। सात क्लस्टरका केन्द्रीय सदस्यहरू चयनका लागि चुनाव हुनेछ।