१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Thursday, 03 July, 2025
कमल खत्री म्याग्दी
२o७८ मङ्सिर १३ सोमबार २१:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्याग्दीमा जिप दुर्घटना, वडासदस्यसहित चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार २१:१७:oo

म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका- १ बेग जाँदै गरेको बोलेरो जिप बेगस्थित  औलमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।  ग.१ज ७२५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवार आठजनामध्ये चालक र महिला वडासदस्यसहित चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय चालक दुधबहादुर थापा, रघुगंगा– १ बेगकी वडा सदस्य ३० वर्षीया गौमाया विक, ३० वर्षीय खिम पुन र अन्दाजी ५० वर्षीय खिमनाथ शर्माको मृत्यु भएको छ। मृतकमध्ये पुन र शर्माको घटनास्थलमा र चालक थापा र वडा सदस्य विकको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। 

दुर्घटनामा  घाइते भएका चारजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ। रिफर हुनेमा गम्भीर घाइते २० वर्षीय भीम फगामी,  २३ वर्षीय मनोज पुन, २३ वर्षीय ज्ञानबहादुर शेरपुञ्जा र ५४ वर्षीय बलबहादुर विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए। 

बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल जंगलमा खसेको थियो। घाइतेलाई स्थानीय, युवा, प्रहरी, जनप्रतिनिधिले उद्धार गरी  उपचारका लागि बेनी ल्याएका थिए। दुर्घटनाको कारण नखुलेको प्रहरी नायव उपरीक्षक  राईले बताए।