मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Friday, 14 August, 2026
२o७८ मङ्सिर १३ सोमबार ११:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म भीम रावलको पक्षमा छु : घनश्याम भुसाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार ११:५९:oo

नेकपा एमालेका नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका छन्। पार्टीको महाधिवेशनअन्तर्गत निर्वाचनको तयारी भइरहँदा पत्रकारहरूले राखेको प्रश्नमा भुसालले रावलको पक्षमा रहेको प्रतिक्रिया दिएका हुन्। पार्टी अध्यक्ष केपी ओलीले नाम पेस गरेर हलबाट सीधै अनुमोदन गरेकोमा असहमति जनाउँदै रावलले निर्वाचनमा जाने बताउँदै आएका छन्।

आफू क्रान्तिको पक्षमा रहेको उल्लेख गर्दै भुसालले भीम रावलको धारणामा सहमति जनाएका हुन्। भुसालले भने, ‘यो प्रक्रियामा म भीम रावलको पक्षमा पहिलेदेखि उभिएको छु। जहिलेदेखि भीम रावलमाथि अत्याचार भएको छ, त्यही वेलादेखि उभिराखेको छु। मलाई व्यक्तिसँग केही मतलब हुँदैन। मेरा सम्बन्धले केही गर्दैैन। को क्रान्तिका पक्षमा छ, ऊ ठीक छ भने अप्ठ्यारो–सफ्ठ्यारो जेसुकै होस् मेरो कमिटमेन्ट हो म समर्थन गर्छु।’