मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार अधिवक्ता श्रेष्ठलाई प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त्त गरेका हुन् ।

पाँचदलीय गठबन्धनको सरकार बनेपछि एमाले नेतृत्वको सरकारमा न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता चूडामणि आचार्यले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो। मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज सोमबार दिउँसो शपथग्रहणपछि पदभार ग्रहण गर्नेछन्। 

विराटनगर महानगरपालिका घर भएका मुख्य न्यायाधिवक्ता श्रेष्ठ पुराना कानुन व्यवसायी हुन्।  सुनसरीको इटहरीस्थित जनता क्याम्पसमा उनले प्राध्यापन पनि गर्दै आएका छन्। नेकपा एमालेमा आबद्ध उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा सक्रिय थिए।