१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
संजित परियार काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

निर्मला कुर्मी र नकुन्नी धोबीका लागि न्याय माग्दै अधिकारकर्मी अनिश्चितकालीन धर्नामा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:२८:oo

घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरू अनशनमा बसेका छन्। महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्त रिले अनशनमा बसेका हुन् । पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् ।

यसअघि पनि पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका पीडित पक्षका १५ जना र महिला अधिकारकर्मीहरूले माइतीघरमा धर्ना दिएका थिए ।

उनीहरूले निर्मला र नकुन्नी धोबी हत्या प्रकरण छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न तथा निर्मला कुर्मीको घटनामा सुरुदेखि अनुसन्धान गर्न माग गरेका छन्। यस्तै, बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले अभियुक्तलाई संरक्षण गरेको भन्दै उनीहरूलाई अविलम्ब विभागीय कारबाही गर्न पनि पीडित पक्षले माग गरेका छन्।

 

ad
ad