मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोभिड–१९ को नयाँ स्ट्रेन 'ओमिक्रोन' चिन्ताजनक : डब्लुएचओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपिपएच)ले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ  कोभिड–१९ संस्करण बी.१.१.५२९ लाई ओमिक्रोन नाम दिएको छ।

'कोरोनाभाइरस बी.१.१.५२९ को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो। यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन्।' डब्लुएचओले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिँदै उक्त टिप्पणी गरेको छ। हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड–१९ संस्करणविरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ। नयाँ भेरियन्ट डेल्टा स्ट्रेनभन्दा पनि बढी संक्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ।

यो भेरियन्टलाई वैज्ञानिकहरूले बी.१.१.५२९ को रूपमा चित्रण गरेका छन्। डब्लुएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएको उल्लेख गर्दै यसबारे थप अध्ययन गरिने बताए। रासस/एएनआई