Skip This
सातदोबाटोसँग थ्री स्टार स्तब्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
सातदोबाटो र थ्री स्टारबीच शुक्रबार भएको खेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातदोबाटोसँग थ्री स्टार स्तब्ध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२१:oo

खेलको २९औँ मिनेटमा नवप्रवेशी क्लब सातदोबाटोका सुदीप गुरुङको एक मात्र गोलमा तीनपटकको विजेता थ्री स्टार १–० ले पराजित भयो, हारसँगै थ्री स्टारको उपाधि यात्रामा धक्का लागेको छ

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार नवप्रवेशी सातदोबाटो युथ क्लबसँग १–० ले स्तब्ध भएको छ । सातदोबाटोसँग व्यहोरेको अप्रत्यासित हारसँगै थ्री स्टारको उपाधि यात्रामा धक्का लागेको छ । उपाधि दाबेदारमाथि ऐतिहासिक जितले सातदोबाटोले महत्वपूर्ण तीन अंक जोडेको छ । जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको तीन अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । अघिल्लो खेलमा थ्री स्टारले च्यासल क्लबलाई ३–० ले हराएको थियो ।

लिगको आफ्नो दोस्रो खेलमा पनि थ्री स्टारले च्यासलविरुद्धकै जस्तो प्रदर्शन गर्ने अपेक्षा राखेको थियो । सातदोबाटोसँगको प्रतिस्पर्धामा थ्री स्टारको फिनिसिङ लाइन निकै कमजोर देखियो । खेलको २९औँ मिनेटमा सातदोबाटोका लागि सुदीप गुरुङले एक मात्र निर्णायक गोल गरेका थिए । अजायी मार्टिन्सले डिबक्सबाहिर उपलब्ध गराएको पासमा सुदीपले अनमार्क रहँदै उत्कृष्ट गोल गरेका थिए । सुदीपको सशक्त प्रहार छेक्न थ्री स्टारका गोलरक्षक प्रिसोलाई रोक्ने कुनै मौका नै पाएन । 

खेलको ३६औँ मिनेटमा सातदोबाटोका निरज चौधरीले दोहोरो अग्रता दिलाउन चुकाए । उनले सुशील राईको पासमा सुन्दर गोल अवसर चुकाएका हुन् । थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बल पोसेसन राख्न नसक्दा र स्ट्राइकरमा समस्याका कारण नै टोली पराजित भएको बताएका छन् ।

थ्री स्टारको फिनिसिङमा समस्या 
‘हामीलाई अलिकति गाह्रो नै भयो, प्रतिस्पर्धामा स्ट्राइकर र बल पोसेसन राम्रो बनाउन सकेनौँ,’ खेलपछि थ्री स्टारका प्रशिक्षक श्रेष्ठले भने, ‘प्लेइङमा खेल्ने  हेमन्त थापामगर डायरियाका कारण खेल्न सकेनन् ।’ च्यासलविरुद्ध जित निकाल्दा डिफेन्डरको भूमिका धेरै थियो । योपटक थ्री स्टारले मिडफिल्ड तथा डिफेन्डरबाट सोचेजस्तो प्रदर्शन पाउन सकेन । ‘स्ट्राइकिङको समस्या यथावत् नै भयो,’ श्रेष्ठले भने, ‘हामीमा धेरै नै समस्या छ । एउटा विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ ।’ खेलको ३७औँ मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काले पोस्टभन्दा २५ यार्डबाट गरेको प्रहारलाई सातदोबाटोका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भए ।

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले जितपछि निकै खुसी देखिए । खेलाडीहरूले निकै मिहिनेत गरेका कारण तीन तीनपटकका विजेता थ्री स्टारलाई हराउन सकेको प्रशिक्षक केसीको भनाइ छ । ‘खेलाडीले मिहिनेत गरी खेले, यसैकारण हामीले बलियो टोलीलाई हराउन सक्यौँ ।’ लिगमा आफूहरू नयाँ टोली भएकाले पनि खेलाडीहरूले धेरै मिहिनेत गरिरहेको उनले बताए । ‘यो लिगमा हामी नयाँ टोली हौँ, थ्री स्टारसँग मिहिनेत गरौँ,’ खेलपछि केसीले भने, ‘जितेर मात्र राम्रो होइन, मौकाको हिसाब गर्दा पनि उनीहरूले एक प्रहार गर्दा हामीले ६–७ वटा पोस्ट प्रहार गर्‍यौँ ।’ 

संकटाले फ्रेन्ड्सलाई हरायो
संकटा क्लबले शुक्रबारै फ्लर्ड लाइटमा सम्पन्न खेलमा फ्रेन्ड्समाथि २–१ को रोमाञ्चक जित निकाल्यो । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै संकटाले तीन अंक जोडेको हो । यता फ्रेन्ड्सले अग्रता रक्षा गर्न नसक्दा हारको सामना गर्‍यो । संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले एक–एक गोल गरेका थिए । फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले एक गोल गरे । खेलको ४२औँ मिनेटमा प्रकाशले फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । निसेन सुब्बाको पासमा प्रकाशले पेनाल्टी बक्सबाहिरबाट गोल गरेका हुन् । 

खेलको ५७औँ मिनेटमा संकटाका निरजले खेल १–१ को बराबरीमा ल्याए । सुभासको कर्नरमा अनमार्कमा रहेका निरजले हेडिङ गोल गरे । खेलको ८७औँ मिनेटमा फोफानाले संकटालाई २–१ को पुनरागमन जित दिलाए । जितपछि संकटाको दुई खेलबाट ४ अंक पुगेको छ । पराजित फ्रेन्ड्सको दुई खेलबाट १ अंक छ । यसअघि फ्रेन्ड्सले सातदोबाटोसँग गोल बराबरी खेलेको थियो । संकटाले हिमालयन शेर्पालाई १–१ को बराबरीमा रोकेको थियो ।