मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Saturday, 12 July, 2025
२o७८ मङ्सिर १० शुक्रबार १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस दाङ : सभापतिका लागि चारजनाको उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १८:५९:oo

नेपाली कांग्रेस  दाङको नेतृत्वका लागि चारजनाले उम्मेदवारी दर्ता गरेका छन्। शुक्रबार जिल्ला सभापतिका लागि  शेरबहादुर देउवा पक्षबाट तीनजना र रामचन्द्र पौडेल पक्षबाट एकजनाले उम्मेदवारी दिएका हुन्। १४औँ महाधिवशनअन्तर्गत नेतृत्वका लागि संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भूपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन्। त्यस्तै,  पौडेल पक्षबाट शंकर डाँगीले उम्मेदवारी दर्ता गराएका    छन् । 

नेविसंघका पूर्वजिल्ला अध्यक्षसमेत रहेका बस्नेतले पार्टीको १३औँ महाधिवेशनका क्रममा अनुराग यादवलाई क्षेत्रीय सभापतिमा हराएका थिए । त्यति वेला बराबर मत आएपछि गोलाप्रथाद्वारा  बस्नेत विजयी भएका थिए। त्यस्तै, सभापतिका अर्का आकांक्षीय  घिमिरे  पार्टीका  पूर्वजिल्ला सचिव हुन्। १३औँ महाधिवेशनमा कीर्तिबहादुर खड्कासँग उनी पराजित भएका थिए। 

 भूपबहादुर डाँगी निवर्तमान क्षेत्रीय सभापति हुन्। उनी दुई  कार्यकाल क्षेत्रीय सभापति भइसकेका छन्। त्यस्तै, शंकर डाँगी हालका जिल्ला सचिव हुन्।