मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावको तयारीमा छौँ, एमालेको एकल बहुमत आउँछ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब आफूहरू चुनावको तयारीमा लागेको बताएका छन्। दशौँ महाधिवेशनको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताबीच जाने वातावरणलाई रोकेर परमादेश ल्याइएको बताए। ‘अब निकट दिनमै चुनाव आउँदै छ। अब हामी चुनावको तयारीतर्फ जाँदै छौँ। जनमतबाट एकल बहुमत ल्याउनुपर्नेछ। देशको सार्वभौमसत्ताको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्नेछ,’ उनले भने।

लोकतन्त्रको रक्षा र संविधानलाई संस्थागत गर्न, दिगो विकास लक्ष्य हासिल गर्न पनि एमालेले बहुमत ल्याउनैपर्ने उनले बताए।  मञ्चमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवातर्फ इंगित गर्दै उनले अबको सरकार एमालेको बताएको बताए। 

आफूलाई काम गर्न नदिनेहरूले अहिले देउवाको खुट्टा समातेको बताउँदै भने, ‘तपाईंलाई पनि काम गर्न अप्ठ्यारो छ कि !’