१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : दैलेख १ मा पौडेल पक्षको वर्चस्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानलै विजय भएको छ। सभापतिमा निर्वाचित खड्काले चार सय ७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नगेन्द्रबहादुर मल्लले तीन सय १० मत प्राप्त गरेका थिए। पराजित नगेन्द्र मल्ल डुंगेश्वर गाउँपालिकाका अध्यक्ष हुन्। 

क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ निर्वाचित भएका छन् भने सहसचिवमा कृष्णकुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन्।

यस्तै, सदस्यमा कर्णबहादुर शाही, टेकबहादुर भण्डारी, युवराज रेग्मी, मानकुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित भएका छन्। उनीहरू सबै पौडेल पक्षका  हुन्।

महाधिवेशन प्रतिनिधिमा विजयी २५ मध्ये २४ जना पौडेल पक्षबाट 

केन्द्रीय राजनीतिमा विशेष मानिएको महाधिवेशन प्रतिनिधिमा पनि दैलेखको क्षेत्र नं. १ मा पौडेल पक्षले वर्चस्व कायम गरेको छ।  केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मणिराम  रेग्मीले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन्। उनको मत  पाँच सय १९ रहेको छ । त्यस्तै, गणेश खड्काले चार सय ८९, कृष्णकुमार बिसीले चार सय ७८, टेक कटुवालले चार सय ३२, गणेश उपाध्यायले चार सय आठ, मीना थापाले तीन सय ९७, उदय न्यौपानेले तीन सय ६९, हरि रानाले तीन सय ६१, खगेन्द्र सुनारले तीन सय ४९ र कर्णबहादुर शाहीले तीन सय ३४ मत ल्याएर विजयी भएका छन् । विजयी भएकामध्ये मीना थापा देउवानिकट हुन् भने बाँकी सबै संस्थापनइतर पक्षका हुन्। 

महाधिवेशन प्रतिनिधिमा महिलातर्फ वासना थापाले पाँच सय ८४ मत ल्याएकी छिन् भने, निर्मला खड्काले पाँच सय ४१, मीना खड्काले चार सय ३९ र दीपा बिसी चार सय ३३ मतसहित निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधि खसआर्यतर्फ पदमबहादुर मल्लले तीन सय ८२, भक्तबहादुर भण्डारीले दुई सय ७८ र भूपेन्द्र शाहीले चार सय २३ मत ल्याएर विजय भएका छन्। खसआर्य महिलातर्फ कमला चन्द पाँच सय पाँच, कृष्णकुमारी चन्द चार सय २५ र मञ्जुकुमारी शर्मा पाण्डे चार सय ५० मतसहित निर्वाचित भएका छन्।

जनजातितर्फ लक्ष्मण गुरुङले चार सय ८६ र करिश्मा सिजाली मगरले चार सय ३० मत ल्याएर विजयी भएका छन्। दलिततर्फ हिक्मतबहादुर विश्वकर्माले चार सय २० र पशुपति सुनारले चीन सय ९८ मत ल्याएका छन्। अपांगता भएकातर्फ गणेशबहादुर बोगटीले पाँच सय ११ मत ल्याएर विजय भएका छन्।