१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बहालवाला शिक्षक र कर्मचारीलाई सदस्य नबनाउन दलहरूलाई आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:३o:oo

निर्वाचन आयोगले बहालवाला शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य नबनाउन निर्देशन दिएको छ। आयोगले सार्वजनिक पदमा बहालवाला शिक्षक, कर्मचारी, प्राध्यापकहरू राजनीतिक दलका महाधिवेशनमा सक्रिय भएको भन्दै आज विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था स्पष्ट नै छ। राजनीतिक दलले पनि त्यस्तो सार्वजनिक पदमा बहाल रहेको व्यक्तिलाई दलको सदस्य बनाउन नमिल्ने प्रस्ट व्यवस्था रहेको देखिन्छ,’आयोगले विज्ञप्तिमा भनेको छ।

यस्तो छ आयोगको विज्ञप्ति :

 

ad
ad