१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनसम्म फिर्ता लिन्छन् : एमाले नेता महासेठ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १६:२९:००

नेकपा (एमाले)का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनसम्म उम्मेदवारी फिर्ता लिने बताएका छन्। मंगलबार पार्टीको स्थायी कमिटी बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महासेठले यस्तो दाबी गरेका हुन्।

८० प्रतिशत बढी प्रतिनिधि सहमतिको पक्षमा रहेका दाबी गर्दै उनले उम्मेदवारी घोषणा गर्न प्रेरित गर्नेहरूकै प्रस्तावमा उम्मेदवारी फिर्ता हुने बताए। उनले भने, ‘जुन साथीहरूले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरू आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ। किनकि जुन प्रतिनिधिको भरमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ, त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरूले फिर्ता लिनुहुन्छ।’

केही नेताहरूले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको टिप्पणी गर्दै उनले एमालेको नेतृत्व सहमतिमै चयन हुने दाबी दोहोर्याए।