१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लाग्दा विधायिका मौन रहेको भन्दै अधिवक्ता अन्सारीको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

मानव अधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लाग्दा विधायिका मौन बसेको भन्दै आपत्ति जनाएकी छिन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको जारी धर्नामा सहभागी अन्सारीले यस्तो बताएकी हुन्।

सर्वोच्च अदालत युद्धमैदान नभएको प्रस्ट पार्दै उनले कानुन व्यवसायीको कलमले गन र सटगनको काम गर्ने चेतावनी दिइन्। अन्सारीले भनिन्, ‘सर्वोच्च अदालत युद्धमैदान होइन। कानुन व्यवसायीको कलमले गन र सटगनको काम गर्छ। एक प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लागेको छ, तर सबै विधायक मौन छन्।’