मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ७ मंगलबार १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतलाई गृह मन्त्रालयको कब्जामा राखेजस्तो देखियो : बार केन्द्रीय सदस्य महर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १२:१३:oo

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनले अदालतलाई गृह मन्त्रालयको कब्जामा राखेजस्तो देखिएको बताएका छन्। आफूमाथि सुनियोजित रूपमा सुरक्षा घेराभित्र राखेर कुटपिट गरिएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

गत बिहीबार सर्वोच्च अदालत परिसरमा बारले गरेको धर्नामा प्रहरीले बल प्रयोग गर्दा महर्जनसहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका थिए। आज बारको आन्दोलनलाई सम्बोधन गर्दै उनले कलम बोकेका निहत्था कानुन व्यवसायीमाथि आक्रमण भएको बताए। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रञ्जन कोइरालाको मुद्दामा जेलर बनेर फैसला गरेको भन्दै जबराविरुद्ध महाभियोग लगाउनुपर्ने बताए।

‘ममाथि सुनियोजित रूपमा भित्र तानेर सुरक्षा घेरामा राखेर कुटपिट गरी घाइते बनाइयो। अदालतलाई गृह मन्त्रालयको कब्जामा राखेजस्तो देखियो। कलम बोकेका निहत्था कानुन व्यवसायीमाथि आक्रमण गरियो,’ उनले भने, ‘दंगा प्रहरी तुरुन्त हट्नुपर्छ। प्रधानन्यायाधीशविरुद्ध सबै दल मिलेर तुरुन्त महाभियोग लाउनुपर्छ। प्रधानन्यायाधीशले जेलर बनेर रञ्जन कोइरालाको मुद्दामा फैसला गरे।’