१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
१० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने एमालेको दशौँ महाधिवेशन स्थल निर्माण गरिँदै जहाँ उद्घाटन सत्र हुँदै छ
२o८१ जेठ ६ आइतबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महाधिवेशन स्थलमा ९२ वटा भोटिङ मेसिन, चार घन्टाभित्रै नतिजा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४२:oo

चितवनमा हुने आसन्न दशौँ महाधिवेशन ‘डिजिटलाइज्ड’ बनाउन खोजेको एमालेले मतदानका लागि ९० वटा भोटिङ मेसिन राख्ने भएको छ । नतिजा पनि मतदान सकिएको चार घन्टामै आउने जनाएको छ । 

९० बाहेक थप १० वटा मेसिन पनि ‘ब्याकअप’मा राख्ने र आवश्यक पर्दा सबै प्रयोगमा ल्याउन सकिने एमाले कानुन आयोगका प्रमुख विजय सुब्बाले बताए । उनका अनुसार हरेक मेसिनमा २० जनाका दरले मतदाता बाँडिनेछन् । भोट गर्न एकजना मतदातालाई कम्तीमा आधा घन्टा समय लाग्ने मेसिन निर्माण कम्पनी राम–लक्ष्मण इनोभेसनको आकलन छ । 

सुब्बाले भने, ‘दुई हजारजति मतदाता हुन्छन् । ९२ वटा मेसिनमा २० जनाका दरले मतदाताहरू भोटिङमा सामेल हुनेछन् । एकजनाले आधा घन्टा समय लिँदा १० देखि १२ घन्टामा मतदान सकिन्छ भन्ने हाम्रो आकलन छ ।’

नौ सय ९९ सम्म उम्मेदवारका लागि भोटिङ गर्न मिल्ने गरी सफ्टवेयर निर्माण गरिएको राम–लक्ष्मण इनोभेसनले जनाएको छ । कम्पनी सञ्चालकमध्येका एक रामप्रसाद रिमालले भने, ‘धेरैमा नौ सय ९९ जनासम्म उम्मेदवारलाई एउटा मेसिनले सपोर्ट गर्छ । उहाँहरूले भन्नुभएअनुसार त्यो सिस्टम पर्याप्त छ । यो मेसिन हामीले यहीँ बनाएको हो । नौ सय ९९ भन्दा बढी उम्मेदवार हुने चुनाव भयो भने ‘कस्टमाइज’ गर्न सकिन्छ । तर, हामीसँग त्यो मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरको भोटिङ गर्नलाई पनि सिस्टम तयारी नै छ । त्यो भनेको ९९ हजार नौ सय ९९ हो ।’ सबै भोटिङ सकिएपछि आधिकारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ । 

ad
ad