१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
कमल खत्री म्याग्दी
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१९औँ संस्करणको जेसिज कप मंसिर २१ देखि

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

म्याग्दी जेसिजको मूल आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको जिल्लास्तरीय अन्तर मा.वि. जेसिज कप फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिज कप फुटबल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९औँ संस्करणको प्रतियोगिता सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन हुनेछ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिँदै म्याग्दी जेसिजका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले अर्थ संकलन र प्रचारप्रसारका काम सुरु गरिएको बताए। प्रतियोगिताका विजेता विद्यालयलाई जेसिज कप रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित ५२ हजार २२२ रुपैयाँ र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित ३२ हजार २२२ रुपैयाँ प्रदान गरिने प्रतियोगिताका मूल संयोजक कुमार बानियाँले जानकारी दिए।

बानियाँका अनुसार उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राइजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ। यस्तै, अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।