१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:३६:oo

पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ। सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो।

प्रतियोगितामा खुला्तर्फ महिला र पुरुष गरी ४ प्रतिस्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ। प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लबका दुईवटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेलाइने नेपाली सेनाले जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ। खुलातर्फ विजयी एकल पुरुष र महिलाले  समान ५०/५० हजार रुपैयाँ धनराशीको पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ। त्यस्तै, भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारीतर्फको विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता आउँदो मंसिर २७ देखि पौष ५ गतेसम्म हुनेछ।

ad
ad