मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ६ सोमबार o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने ख्याल राख्दै प्रतिनिधि चयन गर्न गगन थापाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार o९:३६:oo

नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने ख्याल राख्दै नेतृत्व चयन गर्न जिल्लास्तरका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै थापाले मंसिर २४ गतेदेखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने जिम्मा कार्यकर्तालाई भएको भन्दै सचेत भएर नेतृत्व छान्न अनुरोध गरेका हुन् । 

‘आज देशभर पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदै छ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु,’ थापाले भनेका छन् ।

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदै छ । मुलुकका कुल एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि  हुन लागेको अधिवेशनको अवसरमा थापाले यस्तो बताएका हुन् ।