मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ५ आइतबार २२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार २२:०३:००

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोधराज ओझाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५  वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । 

दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन् । दशरथचन्द नगरपालिका– ६ का ५८ वर्षीय हर्कबहादुर चन्द र जिपचालकसमेत रहेका डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएको ओझाले बताए । 

देहिमाडौंबाट जन्ती लगेर दशरथचन्द नगरपालिका– ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बर जिप सोही नगरपालिकाको वडा नं ४  स्थित कलुवामोडमा आइतबार राति दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।