१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर ५ आइतबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्नीहत्या आरोपमा दुई वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार १९:१२:००

विवाहमा मोटरसाइकल र नगद नदिएको भन्दै श्रीमतीलाई कुटपिटसहित विष कोच्याएर हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बरसाइन नगरपालिका– ५ जाँजर गाउँका करिब २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले गाउँघरमै लुकेर बसिरहेका मियाँलाई आइतबार घरबाटै पक्राउ गरिएको कडरबोना प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए । 

उनका अनुसार मियाँलाई आइतबार नै सप्तरी जिल्ला अदालतबाट थप अनुसन्धानका लािग सात दिनको म्याद लिइएको छ । 

छोरीको आकस्मिक मृत्युपछि विक्षिप्त बनेका जहिरुदिन मियाँले तत्काल प्रहरीमा ठाडो निवेदन दिएका थिए । काजकिरिया सकिएपछि छोरीलाई कर्तव्य गरी हत्या गरेको आरोपसहित किटानी जाहेरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । त्यसपछि उनले उच्च अदालत जनकपुर राजविराजमा प्रहरीलाई विपक्षी बनाएर जाहेरी दर्ताका लागि रिट हालेका थिए । 

अदालतले २९ ंमंसिर २०७७ मा परमादेश जारी गर्दै मुद्दा दर्ता गरी मुख्य आरोपी मृतककी पति लुकमानसहितलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि प्रहरीले ६ पुस २०७७ मा जाहेरी दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । 

अन्य आरोपी फरार
हत्यामा संलग्न रहेको आरोपीहरू लुकमानकी आमा ४५ वर्षीया सकिना खातुन, बाबु ४७ वर्षीय सरिमुल्ला मियाँ, ठूलोबाबु ५५ वर्षीय कलिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ बस्ने लुकमानका भिनाजु ३२ वर्षीय भिनाजु हजरत मियाँ, दिदी २७ वर्षीया हमिदा खातुन र लुकमानकी भान्जी २९ वर्षीया रेस्मा खातुन फरार रहेको प्रहरी निरीक्षक पासवानले बताए । ‘किटानी जाहेरीअनुसार उनीहरू पनि घटनामा संलग्न रहेकाले खोजी गरिरहेका छौँ,’ उनले भने, ‘पक्राउपछि कानुनअनुसार मुद्दा चलाउँछौँ ।’