मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालको विमानस्थलबाट सुन तस्करीमा भारतीय समूह सक्रिय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१४:oo

नेपालको विमानस्थल प्रयोग गरी भारतीय समूहले सुन तस्करी गराउन थालेको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई भरियाका रूपमा प्रयोग गरी यसरी सुन तस्करी भइरहेको छ । लगाएको अन्डरवेयरभित्र लुकाएर करिब दुई किलो सुन तस्करी गर्ने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो । उनीहरूलाई भारतीय गिरोहले परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

सिराहा मिर्चैयाका सरोज सहनी र दाङ दंगीशरणका सीताराम चौधरीलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । दुबईबाट आएका उनीहरूबाट डेढ करोड रुपैयाँ मूल्यबराबरको सुन बरामद भएको छ । दुवैजनासँग १०८५/१०८५ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले बताए । 

‘अन्डरवेयरको अघिल्लो भागमा फल्सबटम बनाई उनीहरूले सुनको धुलो लुकाएका थिए,’ एसएसपी बाँस्तोलाले भने, ‘सुराकीका आधारमा हामीले उनीहरूलाई पक्राउ गरेका हौँ ।’ पक्राउ परेका दुवैजना करिब एक महिनाअघि मात्र दुबई गएकाले सुन ओसार्नकै लागि गएको हुन सक्ने प्रहरी आशंका छ । भारतीयहरूले नै आफूहरूलाई टिकट काटिदिएको र उनीहरूले नै सुन बोकाएको पक्राउ परेका युवकले बयान दिएका छन् । भन्सार कार्यालयले उनीहरूमाथि थप छानबिन अघि बढाएको छ ।