१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवन महोत्सव पुस २५ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:२६:oo

पर्यटनलाई केन्द्रबिन्दुमा राखेर चितवन महोत्सवको १३औँ संस्करण हुने भएको छ। यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा महोत्सव हुन लागेको हो। हरेक दुई-दुई वर्षमा हुँदै आएको यो महोत्सव गत वर्ष कोभिडका कारण हुन सकेको थिएन।

परिस्थिति अनुकूल बन्दै गरेको र धेरै उमेर समूहकाले कोरोनाविरुद्धको खोप लगाइसकेकाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर महोत्सव सुरु गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सवका मूल आयोजक समितिका संयोजक राजु श्रेष्ठले बताए।  

संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा सुरक्षा सतर्कतालाई ध्यान दिएर ३५० मात्र कक्ष राखिएको छ। अघिल्ला महोत्सवमा पाँच सयभन्दा बढी कक्ष थिए। श्रेष्ठका अनुसार पर्यटन थिममा रहेर यसपटकको महोत्सव हुनेछ। उद्योग वाणिज्य संघ चितवन आयोजक, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन प्रवर्धन रहने गरी महोत्सव हुन लागेको हो। चितवन महोत्सव २०५३ सालदेखि हुँदै आएको छ। 
 

ad
ad