१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘भूतप्रेत’ भगाउन कमला स्नान (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

शुक्रबार सिराहाको पश्चिमी सीमावर्ती कमला नदीमा ‘भूतप्रेत’ भगाउन भन्दै धामीझाँक्रीले अह्राएअनुसार काँप्दै कमला स्नान गर्न आउनेहरूको ठूलो भिड लागेको छ।

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा धनुषासँग सीमा जोडिएको सिराहाको कमला नदीमा आज बिहानैदेखि कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न आउनेहरुको ठूलो भिड लागेको हो। 

हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै पूजासहित कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपतविपत् नआउने मान्यता छ। कमला नदीमा स्नानका लागि धामीझाँक्रीसँगै उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट र भारतको बिहारसम्मका मानिस आउने गरेको धनुषा गोदारका ७० वर्षीय झाँक्री किसुन धामीले बताए।

तस्बिरमा हेर्नुहाेस् :