१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् : वरिष्ठ अधिवक्ता भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १२:५o:oo

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएका छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप लगाएका हुन्। 

उनले भने, ‘प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन्। हाम्रो एकसूत्रीय माग उनको राजीनामा नै हो।’ प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूबीच गुट र फुट ल्याएको उनको भनाइ छ। उनले प्रधानन्यायाधीशको पक्षमा लाग्ने वकिलहरूको विरुद्धमा आन्दोलन गर्नुपर्ने दिन नआओस् भन्दै चेतावनीसमेत दिएका छन्। उनले भने, ‘जबराको पक्षमा लाग्ने न्यायाधीशविरुद्ध पनि आन्दोलन गर्ने दिन नआओस्। कस्तो लिच्चड प्रधानन्यायाधीश। प्रधानन्यायाधीशविनाको फुलकोर्ट बस्न सकिँदैन भनिएको छ। प्रधानन्यायाधीशविना न्यायाधीशहरूले गरेको निर्णयमा मुख्य रजिस्ट्रारले ल्याएको फाइलमा हस्ताक्षर गरेर पनि पदमा टाँसिएर बसेका छन्।’