१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार परिसरभित्र छिरेर वकिलहरूलाई धम्की दिने ढकाल र श्रेष्ठलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १२:o३:oo

बिहीबार नेपाल  बार परिसरभित्र छिरेर वकिललाई धम्की दिनेमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएर कारबाही गरिने भएको छ। काठमाडाैं बौद्धका तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरेको हो।

बिहीबार नेपाल बारको परिसरभित्रै छिरेर ढकाल र श्रेष्ठले आन्दोलनरत वकिलहरूलाई धम्की दिएका थिए। उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको थियो। उनीहरूलाई बौद्धबाट महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले समातेको हो। पक्राउ गरेर वृत्तमै राखिएका ढकाललाई शुक्रबार सोधपुछका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याइने परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार उनीसँगै बारमा पुगेर धम्क्याउने अर्का व्यक्ति श्रेष्ठ पनि पक्राउ परेका छन्। दुवैजनालाई परिसरमा ल्याएर सोधपुछ गर्ने प्रहरीले जनाएको छ। 

एसपी बस्नेतका अनुसार उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरिएको छ। ‘आज परिसरमा ल्याउँदै छौँ, बारमा पुगेर अपशब्द बोल्नेलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही हुन्छ,’ एसपी बस्नेतले भने।

उनका अनुसार बारका वकिलहरूले ती व्यक्तिलाई कारबाहीको माग गरेका छन्। वकिलहरूले आजै परिसर पुगेर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गराउने तयारी गरेका छन्।