१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विभिन्न क्षेत्रका १५ करदाता सम्मानित, दूरसञ्चार कम्पनी उत्कृष्ट करदाता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:४६:oo

सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ। १०औँ कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरूलाई सम्मान गरे।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता बनेको छ। यस्तै निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रा.लि., विशेष उद्योगमध्येबाट एसियन पेन्ट्स (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रिटेक प्रालि रहेका छन्।

यस्तै सहकारी तथा लघुवित्तको कारोबार गर्नेबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक तथा वित्तीय संस्थाको कारोबार गर्नेबाट नबिल बैंक लिमिटेड, बिमा व्यवसायमध्येबाट नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभेटनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालि सम्मानित भएका छन्।

मध्यमस्तरीय करदातामध्येबाट कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, ऊर्जामूलक उद्योगमध्येबाट हिमाल पावर लिमिटेड र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने सूर्य नेपाल प्रा.लि. सम्मानित भएका छन्। ०६६ साउनदेखि ०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सोबमोजिमको कर समयममै बुझाएर नियमित कर सहभागिता जनाएकामध्ये आव ०७७/७८ मा सबैभभ्न्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाताका रूपमा घोराही सिमेन्ट इण्डष्ट्री सम्मानित भएको छ।

यसैगरी व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थशमशेर राणा पनि सम्मानित भएका छन्। दिवसकै अवसर पारेर विभाग मातहतका विभिन्न कार्यालयमा उत्कृष्ट सेवा प्रवाह गर्ने १० कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो। आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानबिन्दुका रूपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउन थालिएको हो। रासस

ad
ad