१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका कााठमाडौं
२o८१ जेठ २ बुधबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बार पदाधिकारी र न्यायाधीशहरू आज पनि छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कााठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१४:oo

सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरू र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।

हिजो सोमबारको बैठकमा सहभागी नभएका पाँच न्यायाधीश आजको बैठकमा पनि सहभागी नहुने बताइएको छ। न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल हिजो बार र न्यायाधीशहरूको बैठकमा अनुपस्थित भएका थिए। उनीहरू गोलाप्रथाबाट पेसी तोक्नेबारेको फुलकोर्टबाहेकका अन्य बैठकमा सहभागी नहुने बताइएको छ।

ad
ad